033-563067
info@swastikmicrofinance.com

छोटो परिचय

मधेश प्रदेशका स्थानिय व्यक्तित्वहरुद्धारा प्रवर्धित स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (प्रदेशस्तर) वित्तीय संस्थाको रुपमा ईजाजत प्राप्त गरि २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । यस वित्तीय संस्थाले लघुवित्त कार्यक्रम मार्फत आफना सदस्यहरुसँग भएको स–साना निक्षेपहरु संकलन गर्ने, व्यवसाय संचालन वा पुँजी बृद्धिको लागी कर्जा प्रवाह गर्ने, ग्राहक सदस्यको परिवारमा आउने प्रकृतिक संकटमा आर्थिक सहयोग गर्ने, समाजमा वित्तीय सचेतना कार्यक्रम संचालन गर्ने, आयमुलक तालिमहरु संचालन गरि समाजलाई स्वरोजगारी तर्फ अग्रसर बनाउन सहयोग गर्ने यस वित्तीय संस्थाको उद्येश्य रहेको छ ।

equity-icon
Equity

यस वित्तीय संस्थाको अधिकृत पुँजी रु.६ करोड रहेको छ जसमध्ये जारी पुँजी रु.२ करोड रहेको छ । जारी पुँजी मध्ये रु.१ करोड २० लाख संस्थापक शेयरधनीहरुबाट चुक्ता भईसकेको छ भने सर्वसाधारणहरुलाई जारी गरीने शेयरबाट रु.८० लाख संकलन गरिनेछ ।

Vision

लघुवित्त कार्यक्रम मार्फत आर्थिक कारोबारसँगै समाजमा स्वरोजगार निर्माणको लागी सामाजिक कार्यक्रमहरु जस्तै वित्तीय साक्षरता, आयमुलक तालिमहरु, लगायत उत्पादक व्यवस्थापनको लागी आवश्यक सहयोग गर्ने यस वित्तीय संस्थाको योजना रहेको छ ।

Mission

यस वित्तीय संस्थाको वित्तीय सहयोग मार्फत आन्तरिक श्रोत र साधनको प्रयोग गरि युवालक्षित स्वरोजगार कार्यक्रममा सहयात्री भई कार्य गर्ने यस वित्तीय संस्थाको उद्येश्य रहेको छ ।

CEO Message
CEO Image
Dhirendra Lal Karn
CEO

नमस्कार, मधेश प्रदेशका स्थानिय व्यक्तित्वहरुद्धारा प्रवर्धित स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (प्रदेशस्तर) वित्तीय संस्थाको रुपमा ईजाजत प्राप्त गरि २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । यस प्रदेशमा रहेका जनताहरुमा लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवा प्रदान गरि निक्षेप संरक्षण गर्ने र आफनै देशमा बसी व्यवसायी गर्न ईच्छुक युवाहरुमा धितो वा विनाधितो कर्जा मार्फत स्वरोजगार बन्न उत्प्रेरित गराई आर्थिक सम्पन्नताको बाटोमा सहयोग गरि सामाजिक प्रतिष्ठामा समेत बिकास गराउनु यस वित्तीय संस्थाको उद्येश्य रहेको छ । यस वित्तीय संस्थाको एकल प्रयासबाट ग्राहक सदस्यहरुले आर्थिक सम्पन्नताको सफलता प्राप्त गर्न सक्दैनन् त्यसको लागी सदस्यपरिवार स्वयम्ले पनि आफनो जिम्मेवारी बुझि कर्जाको शतप्रतिशत सदुपयोग गरि आम्दानीमा बृद्धि र अनावश्यक खर्चको कटौती गर्दै आफनो ईमान्दारीता कायम राखी समयमै कर्जाको किस्ता भुक्तानी गरी आफनो दायित्व निर्वाह गर्नु हुन सम्पुर्ण ग्राहक सदस्यहरुमा अनुरोध गर्दछौँ । साथै, यस वित्तीय संस्थाको स्थापना गरि रोजगारी सिर्जना गर्नुहुने सम्पुर्ण शेयरधनी महानुभावहरु, आर्थिक कारोबारको लागी यस वित्तीय संस्थालाई छनौट गर्नुहुने सम्पुर्ण ग्राहक सदस्यहरु, आफनो परिवारलाई भन्दा बढि समय यस वित्तीय संस्थालाई प्रदान गरि वित्तीय संस्थाको सेवामा लाग्नु भएका कर्मचारीसाथीहरु, विभिन्न समयमा यस वित्तीय संस्थाको कारोबारलाई निरीक्षण गरि महत्वपुर्ण सुझाव प्रदान गर्नुहुने नियमनकारी निकायहरु, वित्तीय संस्थाको सेवालाई थप प्रभावकारी बनाउनको लागी अभिभावकत्व निर्वाह गर्नुहुने संचालक समिति लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस वित्तीय संस्थालाई साथ, सहयोग र माया गर्नुहुने सम्पुर्ण शुभ चिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा समेत यस वित्तीय संस्थाको सफलताको लागी यहाँहरुको थप सुझाव र सहयोगको अपेक्षा गर्दछु । “स्वरोजगार सिर्जनाको लागी स्वस्तिक लघुवित्त”