033-563067
info@swastikmicrofinance.com
Special Features

Key features of this financial institution यस वित्तीय संस्थाका मुख्य बिशेषताहरु

  • It is an organization established by local eminent personalities.
  • Since it does not own the shares of other banks and financial institutions, the priority of this financial institution is to be service-oriented rather than profit-oriented.
  • Officials of the organization should be present at the village level and provide services.
  • Provision of the highest interest rate on deposits.
  • Conducting social programs giving priority to social responsibility.
  • Giving priority to rural areas for service expansion.
  • Providing financial services in a simple and easy way.
  • To conduct self-employment training according to the needs of customers for the construction of self-employed society.
  • Assisting in the business sector by providing loans on collateral or unsecured basis.
  • prioritize women’s empowerment & run a literacy program related to women’s violence & abuse with the help of local security personnel.
  • Providing financial support during emergencies through Micro insurance.
  • To conduct various programs related to financial literacy targeting the youth.
  • Others.

१. स्थानिय प्रतिष्ठित व्यक्तित्वहरु द्धारा स्थापित संस्था हो ।
२. अन्य बैंक तथा वित्तीय संस्थाहरुको शेयर स्वामित्व नभएको कारण नाफामुखि नभई सेवामुखि हुनु यस वित्तीय संस्थाको प्राथमिकता रहेको छ ।
३. संस्थाका पदाधिकारीहरु ग्रामिणस्तरमा उपस्थित भई सेवा प्रदान गर्नु ।
४. निक्षेपकर्ताको निक्षेपमा उच्चतम ब्याजदरको व्यवस्था हुनु ।
५. सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिई सामाजिक कार्यक्रम संचालन गर्नु ।
६. सेवाविस्तारको लागी ग्रामिण क्षेत्रलाई प्राथमिकता दिनु ।
७. साधारणीय र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्नु ।
८. स्वरोजगार समाजको निर्माणका लागी ग्राहकको आवश्यकता अनुसार आयमुलक तालिम संचालन गर्नु ।
९. धितो वा विनाधितो आधारमा कर्जा प्रवाह गरि व्यवसाय क्षेत्रमा सहयोग गर्नु ।
१०.महिला सशक्तिकरणलाई प्राथमिकतामा राखी महिला हिंसा तथा दुव्र्यवहार सम्बन्धी स्थानीय सुरक्षाकर्मीको सहयोगमा साक्षरता कार्यक्रम चलाउने ।
११.लघुविमा मार्फत आपतकालीन समयमा आर्थिक सहयोग गर्ने ।
१२.युवा वर्गलाई लक्षित गरि वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्नु ।
१३.अन्य ।

CEO Message
CEO Image
Dhirendra Lal Karn
CEO

नमस्कार, मधेश प्रदेशका स्थानिय व्यक्तित्वहरुद्धारा प्रवर्धित स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (प्रदेशस्तर) वित्तीय संस्थाको रुपमा ईजाजत प्राप्त गरि २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । यस प्रदेशमा रहेका जनताहरुमा लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवा प्रदान गरि निक्षेप संरक्षण गर्ने र आफनै देशमा बसी व्यवसायी गर्न ईच्छुक युवाहरुमा धितो वा विनाधितो कर्जा मार्फत स्वरोजगार बन्न उत्प्रेरित गराई आर्थिक सम्पन्नताको बाटोमा सहयोग गरि सामाजिक प्रतिष्ठामा समेत बिकास गराउनु यस वित्तीय संस्थाको उद्येश्य रहेको छ । यस वित्तीय संस्थाको एकल प्रयासबाट ग्राहक सदस्यहरुले आर्थिक सम्पन्नताको सफलता प्राप्त गर्न सक्दैनन् त्यसको लागी सदस्यपरिवार स्वयम्ले पनि आफनो जिम्मेवारी बुझि कर्जाको शतप्रतिशत सदुपयोग गरि आम्दानीमा बृद्धि र अनावश्यक खर्चको कटौती गर्दै आफनो ईमान्दारीता कायम राखी समयमै कर्जाको किस्ता भुक्तानी गरी आफनो दायित्व निर्वाह गर्नु हुन सम्पुर्ण ग्राहक सदस्यहरुमा अनुरोध गर्दछौँ । साथै, यस वित्तीय संस्थाको स्थापना गरि रोजगारी सिर्जना गर्नुहुने सम्पुर्ण शेयरधनी महानुभावहरु, आर्थिक कारोबारको लागी यस वित्तीय संस्थालाई छनौट गर्नुहुने सम्पुर्ण ग्राहक सदस्यहरु, आफनो परिवारलाई भन्दा बढि समय यस वित्तीय संस्थालाई प्रदान गरि वित्तीय संस्थाको सेवामा लाग्नु भएका कर्मचारीसाथीहरु, विभिन्न समयमा यस वित्तीय संस्थाको कारोबारलाई निरीक्षण गरि महत्वपुर्ण सुझाव प्रदान गर्नुहुने नियमनकारी निकायहरु, वित्तीय संस्थाको सेवालाई थप प्रभावकारी बनाउनको लागी अभिभावकत्व निर्वाह गर्नुहुने संचालक समिति लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस वित्तीय संस्थालाई साथ, सहयोग र माया गर्नुहुने सम्पुर्ण शुभ चिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा समेत यस वित्तीय संस्थाको सफलताको लागी यहाँहरुको थप सुझाव र सहयोगको अपेक्षा गर्दछु । “स्वरोजगार सिर्जनाको लागी स्वस्तिक लघुवित्त”